धादिङ फेडो पुनर्गठित, भूकम्प पीडितका लागि राहत पठाइयो

Newly reformed FEDO team at Dhading.

Newly reformed FEDO team at Dhading with Central Board Members.

काठमाडौं÷गत साउन १६ गते दलित महिला संघ (फेडो) की केन्द्रीय अध्यक्ष दुर्गा सोब तथा पदाधिकारीको उपस्थितिमा संघको जिल्ला शाखा धादिङ पुनर्गठन गरिएको छ । 
जिल्लाको गतिविधिलाई अत्यन्त प्रभावकारी ढङ्गले सञ्चालन गर्न तथा भए गरेका कार्यक्रमलाई उपलब्धिमुलक बनाउनका लागि दलित महिला संघ (फेडो) जिल्ला समिति धादिङ पुनर्गठित भएको हो । 
विमला नेपालीको अध्यक्षतामा पुनर्गठन गरिएको फेडो धादिङमा ११ जना सदस्य रहनुभएको छ । जसमा उपाध्यक्षमा संगिता वि.क, कोषाध्यक्षमा गीता सुनार, सचिवमा गौरी नेपाली र सहसचिवमा हिमाली वि.क चुनिनुभएको छ । भने सदस्यहरुमा ज्ञानु परीयार, सविता विक, पार्वती सुनार, राममायाँ बिसुन्के, निशा मजकोटी र मीरा मगराती चयन हुनुभएको छ । 
पुनर्गठित नयाँ कार्यसमितिलाई दलित महिला संघ (फेडो) की अध्यक्ष दुर्गा सोब र सचिव पुण्यवती रम्तेलले संस्था र संस्थाले गर्दै आइरहेका कार्यक्रम, नीति योजना र रणनीतिबारे प्रशिक्षण दिनुभएको थियो । 
सोही अवसरमा संघले भूकम्पबाट अति प्रभावित धादिङ जिल्लाका अल्छिडाँडाको क्याम्पका भुकम्प प्रभावितको स्थलगत अनुगमन गरेको थियो । स्थानान्तरण गरिएका पीडितहरुको अवस्था अत्यन्तै दर्दनाक रहेको संघकी अध्यक्ष दुर्गा सोबले बताउनुभयो । उहाँले विषेश गरेर गर्भवती, सुत्केरी महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुको अवस्था अत्यन्तै दुखदायी रहेको बताउनुभयो । 
भूकम्प पीडितको स्थलगत अध्ययन गरेर आइसकेपछि प्रभावित क्षेत्रका पीडितका लागि संघले तत्काल सक्दो राहत उपलब्ध गराउने निर्णय लिएको र राहतस्वरुप सुत्केरी, गर्भवती महिला तथा बालबालिकाका लागि आवश्यक लत्ताकपडा आजै धादिङ पठाइएको संघकी सचिव पुण्यवती रम्तेलले बताउनुभयो । 
स्थलगत अनुगमन टोलीमा अध्यक्ष सोब, सचिव रम्तेलसँगै संघका कर्मचारीद्वय लक्ष्मी न्यौपाने र बुद्धीबल मगराती सहभागी हुनुहुन्थो ।

Leave a comment