दलित अधिकारकर्मीमाथि प्रहरी दमन घाइते अस्पतालमा

Durga Sob, Dalit and Women activist on siting protest at Bijuli Bazar, New Baneshwor.

Durga Sob, Dalit and Women activist on siting protest at Bijuli Bazar, New Baneshwor.

राजेन्द्र ताम्राकार 
काठमाडौं÷१९ साउन, पहिलो संविधानसभाको पूर्ण सदनले सर्वसम्मतीबाट पारित गरेको र दोस्रो संविधानसभाले सर्वसम्मतीले स्वामित्व ग्रहण गरेका दलित समुदाय सम्बन्धी सबै हकअधिकार जस्ताको तस्तै कायम रहने गरी संवैधानिक व्यवस्था गरिनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा होमिएको संयुक्त दलित अधिकार सङ्घर्ष समितिले आज बाँनेश्वरमा गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले निर्मम दमन गरेको छ । 
शान्तिपूर्ण धर्नामा सहभागी सयौँ दलित अधिकारकर्मीमाथि प्रहरीले अन्दाधुन्दा लाठी प्रहार गर्दा २६ जना आन्दोलनकारी घाइते भएका छन् । आइतेमध्ये केहीलाई गम्भीर चोट लागेको छ । 
प्रहरीको क्रुर र निरङ्कुश दमनबाट दलित अधिकारकर्मी, दुर्गा सोब, कमला हेमचुरी, सभासदहरु दलजित श्रीपाइली, जीतु गौतम, मानबहादुर विश्वकर्मा घाइते हुनुभएको छ । त्यस्तै अधिकारकर्मी गणेश वि.के, गजाधर सुनार, भद्रमान मोते, रणबहादुर रम्तेल, विनोद पहाडी, रणेन्द्र बराली, दिनेश हरिजन, सहेक विश्वकर्मा, धर्मराज विश्वकर्मा शोभा दुलाल लगायत दुइदर्जन बढी अधिकारकर्मी घाइते हुनुभएको छ । 
घाइतेमध्ये कमला हेमचुरीको दाँया खुट्टा भाँचिएको छ । सभासद् जीतु गौतम, दलजित श्रीपाइली, मानबहादुर विश्वकर्मा, पूर्व सभासद् विनोद पहाडी, भद्रमान मोते, गणेश वि.केको टाउको र मुखमा चोट लागेको छ । हाल उहाँहरुको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको छ । 
सङ्घ, प्रदेश र स्थानीय तहका व्यवस्थापिकामा दलित समुदायको समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरी क्षतिपूर्तिस्वरुप सङ्मा तीन, प्रदेशमा पाँच र स्थानीय निकायमा १० प्रतिशत थप प्रतिनिधित्वको व्यवस्था गरिनुपर्ने लगायतका विभिन्न ८ बुँदे साझा माग गर्दै निरन्तर आन्दोलित छ । 
विभिन्न संघसंस्था, राजनीतिक दलका भ्रातृ सङ्गठन लगायत आम दलित समुदायले प्रहरीको यसप्रकारको क्रुर र निर्मम दमको संयुक्तरुपमा भत्र्सना गरेका छन् । आफूहरुका उचित मागको सम्बोधन नभएसम्म आन्दोलनलाई जारी राख्ने बताउँदै आएका दलित अधिकारकर्मीले भोलि साउन २० गते विशाल जनप्रर्दशन गर्ने कार्यक्रम तय गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: