दलित महिलाद्वारा अवलोकन भ्रमण

Dalit women leaders in Ilam on the occasion of exposure visit organized by FEDO.

Dalit women leaders in Ilam on the occasion of exposure visit organized by FEDO.

राजेन्द्र ताम्राकार

काठमाडौं÷सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील दलित महिला नेतृद्वारा पूर्वाञ्चलको अवलोकन भ्रमण सम्पन्न भएको छ ।

दलित महिला संघ (फेडो) को नेतृत्वमा सम्पन्न उक्त अवलोकन, अध्ययन भ्रमणमा बाँके, कैलाली, कञ्चनपुर, काठमाडौं र ललितपुरका ३० जना दलित महिला नेतृहरुको सहभागिता रहेको थियो ।

सुदूरपश्चिम तथा मध्यपश्चिमका दलित महिलाले सुदूरपूर्वका दलित महिलाले गरेका सामाजिक, राजनीतिक तथा सीपमूलक कामको अवलोकन गराउने र उहाँहरुबीच आपसी हित र दुइपक्षीय सम्बन्ध स्थापित गराउँदै, सिकाई र अनुभवको आदानप्रदान गर्ने र दलित महिलाका सवाल लगायतका समसामयिक विषयमा छलफल गराउने उद्देश्यले अवलोकन भ्रमण गराइएको भ्रमण दलमा संलग्न दलित महिला संघ (फेडो) की सचिव पूण्यवती रम्तेलले बताउनुभयो ।

भ्रमणको शिलशिलामा दलित महिलाले महिला जागरण संघ, इलाम, इलाम डेरी, ढाका उद्योग, महिलाद्वारा सञ्चालित घरेलु उद्योग, एकल महिलाद्वारा सञ्चालित पाउरोटी उद्योग, सेतीदेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गाइपालन, चिया उद्योग लगायतका क्षेत्रको स्थलगत अध्ययन तथा अवलोकन गर्नुभएको थियो । 
अवलोकन भ्रमणका क्रममा दलित महिला नेतृलाई इलामसंगै, भापा, विराटनगर, धरान, धनकुटा लगायतका विभिन्न तीर्थस्थल, औद्योगिक क्षेत्र तथा धार्मिकस्थलको समेत प्रत्यक्ष अवलोकन गराइएको भ्रमण टोलीका संयोजक तथा दलित महिला संघका सूचना तथा सञ्चार अधिकृत राजेन्द्र ताम्राकारले जानकारी गराउनुभयो ।

भ्रमणका अवसरमा दलित महिला संघकी सचिव पूण्यवती रम्तेलले सुदूरपश्चिमका महिलाले सुदूरपूर्वको अवस्था प्रत्यक्ष अवलोकन गर्न पाएको भन्दै यसबाट पूर्व पश्चिमका महिलाको जीवनस्तर, सिकाइ, अनुभव आदानप्रदान हुने र आगामी दिनमा यसले दलित महिला र उहाँहरुको नेतृत्व क्षमतालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गनुभयो ।

समग्रमा अवलोकन भ्रमण सुखद्, उपलब्धिमूलक र अर्थपूर्ण रहेको भ्रमण दलकी सदस्य तथा दलित महिला संघ (बाँके) की अध्यक्ष निर्मला सुनारले बताउनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: