नयाँ संविधानमा महिला मुद्दा सम्बोधन गराउन एकीकृत आन्दोलनको खाँचो

राजेन्द्र ताम्राकार, काठमाडौं÷१२ साउन
महिला अधिकारकर्मीले नयाँ संविधानको प्रारम्भिक मस्यौदामा महिलाका मुद्दालाई उपेक्षा गरिएकाले सुझाव सङ्कलनपछिको पूर्ण मस्यौदामा आफूहरुका सवाल सम्बोधन गराउनका लागि एकीकृत आन्दोलन गर्नुपर्ने खाँचो औंल्याएका छन् । नयाँ संविधानको प्रारम्भिक मस्यौदामा महिलाका आधारभूत सवाल नसमेटिएको भन्दै विभिन्न क्षेत्रमा क्रियाशील महिला अधिकारकर्मीले यसप्रति सामूहिक चासो व्यक्त गरेका हुन् ।
दलित महिला संघ (फेडो) को आयोजनामा ‘नयाँ संविधानमा सीमान्तकृत महिलाका सवाल’ विषयक छलफल कार्यक्रममा महिला मुक्तिको हकहित र अधिकार प्राप्तिको सवालमा क्रियाशील विभिन्न क्षेत्रमा आवद्ध महिलाले यस्तो धारणा व्यक्त गर्नुभएको हो । कार्यक्रममा दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले मुलधारको महिला आन्दोलनले दलित, मधेसी, मुस्लिम, आदिवासी जनजाति, अल्पसङ्ख्यक, अपाङ्गता, पिछडावर्गका महिलाको सवाललाई आत्मसाथ नगरेको बताउनुभयो ।

– See more at:http://alldalit.blogspot.com/2015/07/blog-post_476.html?m=1

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: