फेडोद्वारा कोशीदेखामा स्थलगत अवलोकन

दलित महिला संघ (फेडो) प्रतिनिधिद्वारा भूकम्प प्रभावित काभ्रेको कोशीदेखा गाविसको स्थलगत अध्ययन भ्रमण गर्नुभएको छ । दलित महिला संघका Emergency Support Officer र संघकी काभ्रे सचिव मैया रोकाले कोशीदेखामा पुगेर भूकम्प प्रभावित वस्तीको अवलोकन गर्नुभएको हो ।

बैशाख १२ गते भूकम्प गएको तीन महिना पुरा भएको छ । विपद्को अबस्थामा दलित, अपाङ्ग, जेष्ठ नागरिक, एकल महिला, महिला तथा बालवालिकाहरु जोखिममा रहने हुनाले उनीहरुको आवश्यकता परिपूर्ति गर्न सरकारसंगको समन्वयमा दलित महिला संघ (फेडो) अति प्रभावित जिल्लाहरुमा कार्यरत छ ।

तत्कालको आवश्यकता परिपूर्तिका लागि वाटरएड नेपाल, युएन वमन तथा मानवीय सहयोग कार्यमा कार्यरत अन्य संस्थाहरुसंगको समन्वय र सहकार्यमा विविध खाद्यान्न (चामल, दाल) गैर आद्यान्न (डिगनिटी किट्स, हाईजिन किट्स, वाटर फील्टर,) प्रदान गर्नुका साथै अस्थायी आवास निर्माणका लागि पनि कार्य गदै छ ।

विशेषगरि दलित समुदायको बाहुल्यता भएको उक्त गाविसमा अस्थायी आवासको अत्यन्त आवश्यक भएको र त्यहाँ अस्थायी आवास निर्माणका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसंग समन्वय गर्ने कार्य भइरहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: