मैनबत्ती उत्पादनमा दलित महिला

Dalit women at Candle making training

Dalit women at Candle making training at Nepalgunj, Banke

दिनेश ठाकुर, नेपालगंज, २४ असार

बाँकेको टिटिहिरिया गाविसका दलित महिलाहरु संगठित रुपमा गाउँमा मैनबत्ती उत्पादन सूरु गरेका छन् । गाविसका १८ जना महिलाहरु संगठित भई गाउँमै मैनबत्ती उत्पादन सूरु गर्दै व्यवसायीक प्रयास थालेका छन् ।

गाउँ विकास समिति टिटिहिरियाको सहयोगमा निशूल्क मैनबत्ती उत्पादन तालिम लिएका उनीहरु अहिले उत्पादन सूरु गरेका हुन् । मैनबत्ती उत्पादन मेसिनबाट गाउँमा मैनबत्ती उत्पादन गर्छन् । गाविसको सानो सहयोगले तीन दिने तालिम लिएर महिलाहरु व्यवसायीक मैनबत्ती उत्पादनमा क्रियाशील भएको कृष्णा विकले भनिन् । मैनबत्ती उत्पादनमा सक्रिय दलित महिलाहरुले मैनबत्ती उत्पादनबाट आम्दानी र बजार रहेको निष्कर्श सहित व्यवसायीय उत्पादन थालेका छन् ।

उत्पादित मैनबत्ती प्रतिगोटाको दश रुपैँया तोकिएको विकले भनिन् ।  गाउँमा उत्पादन सूरु गरिएको मैनबत्ती उद्योगका रुपमा विकास गर्ने योजना रहेको कान्ता सुनारले भनिन् । मैनबत्ती प्रतिगोटा दश र प्याकेटको एक सय रुपैँया तोकिएको उनले भनिन् । छोटो तालिमबाट व्यवसायीक मैनबत्ती उत्पादनको कल्पना नगरेको दलित महिलाहरु अहिले उत्साहित छन् ।

गाविस सचिव तप्तराज आचार्यले तालिमका लागि बजेट छुटाउँदा तीनदिनमा महिलाहरु काम गर्न सक्षम हुन्छन्, भन्ने कल्पना नगरेको बताए । महिलाहरुको उत्साह र आँट देखेर गाविस कार्यालयले आगामी दिनमा व्यवसायीक मैनबत्ती उत्पादनका लागि कच्चा पदार्थ, मेसिन खरिद देखि बजारीकरणका लागि सहयोग गर्ने उनले भने ।

दलित लक्षित रकमबाट गाविसले १८ महिलालाई मैनबत्ती तालिमका लागि सहयोग प्रदान गरेको थियो । गाविसको ५० हजार सहयोगबाट काम सूरु थालेका महिलाहरु उत्साहित रुपमा मैनबत्ती उत्पादनमा लागेका छन् ।

तस्विरमा: मैनबत्ती उत्पादन गर्दै टिटिहिरियाका दलित महिला

– See more at: http://setoparewa.com/2015/07/09/31481#sthash.SnLKVoPc.dpuf

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: