पार्टीभित्र हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड

Participants of the Training on Political Structure at FEDO Office, Kathmandu

Participants of the Training on Political Structure at FEDO Office, Kathmandu

राजेन्द्र ताम्राकार

काठमाडौं १२, फागुन । दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले पार्टी राजनीतिमा जबसम्म दलित महिलाले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्दैनन् तबसम्म उनीहरुको हक, हित र अधिकार सुनिश्चित हुन नसक्ने बताउनुभएको छ ।
दलित महिलाले आ–आफ्नो पार्टीमा सशक्त र अर्थपूर्ण सहभागिताका लागि सामूहिकरुपमा लड्नुपर्नेमा जोड दिनुभएको छ । दलित महिलालाई आफू क्रियाशिल पार्टीको नीति, नियम, विधि, विधान बुझेर अगाडि बढ्न दिर्नेशन दिनुभएको छ । त्यसपछि मात्रै दलित महिलाको पार्टीमा दबाब दिनसक्ने हैसियतमा बढेर जाने उहाँको ठहर छ ।
दलित महिला संघद्वारा काठमाडौंमा आयोजित ‘राजनीतिक संरचना’ विषयक दुइदिने तालिमको उद्घाटन गर्दै अध्यक्ष सोबले दलित महिलाले राजनीतिक संरचनाको कुरा गर्दा पार्टी राजनीतिको मात्रै कुरा गर्ने नभइ समग्र पार्टीभित्र र सरकार, राज्यका विभिन्न अङ्ग, क्षेत्र लगायतका संरचनाका विषयमा जानकारी लिनु आवश्यक रहेको बताउनुभयो ।
राजनीतिमा दलित महिलाको सशक्त उपस्थिति र अर्थपूर्ण सहभागिता नभएकै कारण आजपनि दलित महिलाहरु पार्टी राजनीतिमा भोटबैंङ्कको रुपमा मात्र उपयोग भएको उहाँले बताउनुभयो ।
दलित महिलाको राजनीतिक सहभागिताका साथै उनीहरुको समग्र विकासका लागि सबैभन्दा पहिले उनीहरुलाई शिक्षित बनाउनुपर्नेमा जोड दिँदै यसका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
तालिमका सहभागीलाई स्वागत गर्दै दलित महिला संघकी महासचिव कला स्वर्णकारले विभिन्न राजनीतिक दलमा आवद्ध दलित महिलालाई सङ्गठित र सशक्तिकरण गराउँदै मुलधारको राजनीतिक दलमा उनीहरुलाई क्रियाशिल बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।
दुइदिनसम्म सञ्चालन भएको तालिममा राजनीतिक विश्लेषक श्रीकृष्णअनिरुद्ध गौतमले राज्यको राजनीतिक संरचना, राज्य सङ्गठनका प्रकार,  सङ्घात्मक – बहुकेन्द्री – स्वशासित एकाइ, एकात्मक – एककेन्द्री – विकेन्द्रित एकाइ, सङ्घीयताका विशेषता ः स्वशासन र साझा शासन, राज्य सञ्चालनका पद्दति, शासकीय स्वरुपका प्रकार, प्रतिनिधित्व प्रणाली, नेपालका आन्तरिक अवसर, आन्तरिक चुुनौती र मुलमन्त्र, संविधान, लोकतन्त्र लगायतका समसामयिक विषयमा सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।
तालिममा बाँके, कैलाली, कञ्चनपुर, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक जिल्लाका नेपाली काङ्ग्रेस, नेकपा एमाले, एमाओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लगायतका पार्टीबाट आएका २१ जना दलित महिला नेतृहरुको सहभागिता रहेको थियो ।
फागुन ११ देखि दुइदिनसम्म सञ्चालन भएको तालिमको सहजीकरण दलित महिला संघकी वरिष्ठ सदस्य रेणु सिजापति र कार्यक्रम व्यवस्थापक लक्ष्मी न्यौपानेले गर्नुभएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: