दलितमैत्री नीति कार्यक्रम ल्याउन माग

Interaction Photo

Interaction Photo

विद्यमान सरकारी नीति तथा कार्यक्रमले दलित तथा दलित महिलालाई समेट्न नसकेको भन्दै दलित अधिकारका क्षेत्रमा कार्यरत अधिकारकर्मीहरुले आगामी योजना तथा नीति कार्यक्रमहरु दलित महिला मैत्री बनाउन सरकारसंग माग गरेका छन् ।
दलित महिला संघ फेडोको आयोजनामा काठमाडौंमा सम्पन्न ‘समावेसी नीति तथा बजेट’ बिषयक अन्तरक्रिया कार्यक्रममा दलित अधिकारकर्मीहरुले यस्तो माग गरेका हुन् ।
सरकारी नीति तथा कार्यक्रम दलितमैत्री नभएको तथा सरकारले दलित समुदायका लागि भनेर विनियोजन गरेको बजेटमा समेत दलित समुदायको पहँुच स्थापित हुन नसकिरहेको भन्दै दलित महिला संघ फेडोकी अध्यक्ष दुर्गा सोबले दलित समुदायलाई प्रत्यक्ष सम्बोधन गर्न दलितमैत्री नीति कार्यक्रम निर्माण र प्रभावकारी कार्यान्वयनका लागि सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ मन्त्रालय अन्तर्गत बजेट तथा कार्यक्रम महाशाखाका उपसचिव भूमिराम शर्माले समावेसी सिद्धान्तका आधारमा सरकारले बजेट तथा नीति कार्यक्रम निर्माण गर्दै आएको दाबी गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीमा दलित समुदायको समान पहुँच स्थापित गराउन तथा विनियोजित बजेटमा दलित समुदायको पहँुच स्थापित गराउनका लागि आगामी बजेट तथा नीति कार्यक्रममा मन्त्रालयले विषेश व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: