छुवाछूतको अवस्था कायम रहनु देशकै लागि अभिशाप ः अध्यक्ष शर्मा

Lobby Meeting with NHRC President and Commissioner at NHRC Office in Lalitpur

Lobby Meeting with NHRC President and Commissioner at NHRC Office in Lalitpur

ललितपुर÷मङ्सिर ५, दलित महिला अधिकारकर्मीहरुले दलित महिलामाथि हुने विभेदकारी व्यवहारलाई अन्त्य गर्नका लागि पहल गरिदिन राष्ट्रिय मानव अधिकार आयोग समक्ष आग्रह गरेका छन् ।
‘दलित महिला संघ’ को नेतृत्वमा आएको एक प्रतिनिधि मण्डलले शुक्रबार आयोगका पदाधिकारीहरूसँग भेटी त्यस्तो आग्रह गरेको हो ।
सो अवसरमा बोल्दै ‘दलित महिला संघ’ की अध्यक्ष दुर्गा सोबले दलित महिलाले चौतर्फी भेदभाव र दुव्र्यवहार भोग्नुपरेको जानकारी दिनुभयो । अध्यक्ष सोबले दलितले उत्पादन गरेको दूध बिक्री नभएको, देशमा छुवाछूतप्रथा कायमै रहेको, अन्तरजातीय विवाह गर्ने दलित महिलाले शारीरिक तथा मानसिक यातना भोग्नुपरेको जस्ता कारणले दलित महिलाको मानवअधिकार हनन् भइरहेको बताउनुभयो ।
उहाँले सामाजिक समावेशीकरणको नारा उठेपनि समाजमा दलित महिलाको प्रतिनिधित्व निकै कमजोर रहेको विषयमा चर्चा गर्दै दलित महिलाको मानवअधिकार संरक्षण र सम्वद्र्धनमा रचनात्मक भूमिका निर्वाह गर्न आयोगलाई आग्रह गर्नुभयो ।
आयोगका अध्यक्ष अनुपराज शर्माले छुवाछूत प्रथालाई देशको अभिशापको रुपमा चित्रण गर्दै यसको अन्त्यका लागि व्यक्ति तथा समुदायको मानसिकतामा नै परिवर्तन आउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले दलित समुदायले भोगेका तमाम दुव्र्यवहारहरू अन्त्य गर्न दलित समुदायको सशक्तीकरण हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा आयोगका सदस्य मोहना अन्सारीले दलित महिलाको मानवअधिकार संरक्षण र सम्वद्र्धन गर्ने कार्यमा प्रतिवद्धता जनाउँदै आपूmहरू दलितहरूको हकहितका लागि सजग र प्रयत्नशील रहेको बताउनुभयो ।
उहाँले दलितहरुको हक–अधिकार स्थापित गराउनका लागि आपूmहरुलाई दलित समुदायको सहयोग र समर्थन अपरिहार्य भएको बताउनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: