दलित महिलाका मुद्दालाई सम्बोधन गर्छौ ः समिति सभापति–चौधरी

Photo with Thematic Committee Presidents and CA Members

Interaction with Thematic Committee Presidents of Constitution Assembly and CA Members at Alpha Beta Complex at Baneshwor, Kathmandu.

राजेन्द्र ताम्राकार
काठमाडौं÷२६, साउन, संविधानसभा, क्षमता अभिवृद्धि तथा श्रोत व्यवस्थापन समितिकी सभापति लक्ष्मीकुमारी चौधरीले नयाँ संविधानमा दलित तथा दलित महिलाका मुद्दालाई सम्बोधन गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले यसका लागि दलित तथा दलित महिलाका मुद्दामा केन्द्रित रहेर छिटोभन्दा छिटो दलित नागरिक समाज र समितिबीच अन्तरक्रिया गर्ने योजना रहेको बताउनुभयो ।
दलित महिला संघद्वारा आयोजित ‘संविधानसभाका पाँच विषयगत समितिको अवस्था र नयाँ संविधानमा समेटिएका समावेशी सवालहरु’ विषयक छलफलमा उहाँले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा दलित, महिला, सीमान्तकृत, अल्पसङ्ख्यक वर्ग, लिङ्ग क्षेत्रका मुद्दालाई नयाँ संविधानमा सम्बोधन गराउन आफूहरु प्रतिवद्ध रहेको भन्दै संविधानसभाका विषयगत समिति सभापति र सभासद्हरुले साझा प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
छलफलमा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिकी सभापति प्रमिला राणाले आफ्नो समिति अन्तर्गत संविधान निर्माण प्रक्रियामा भएगरेका काम कारबारहीको बारेमा जानकारी गराउँदै भदौभित्रै ७५ वटै जिल्लामा गएर नागरिकसंग सुझाव सङ्कलन गरेर ल्याउने कार्यतालिका रहेको बताउनुभयो ।
राणाले आफूहरु सुझाव सङ्कलनका लागि ७५ वटै जिल्लाका २४० वटै निर्वाचन क्षेत्रमा सुझाव सङ्कलनका लागि जाने भएकाले दलित महिला संघजस्ता नागरिक समाजलाई आफ्नो समितिसंग निरन्तर अन्तरक्रिया गर्न र आवश्यक सरसल्लाह दिन सुझाव दिनुभयो ।
राणाले नागरिक सम्बन्ध तथा सुझाव समितिले सङ्कलन गरेका सुझाव सङ्कलनका आधारमा उक्त समितिले मस्यौदा तयार गर्ने र त्यसलाई संविधान मस्यौदा समितिमा पठाउने र त्यसकै आधारमा नयाँ संविधानमा दलित समुदायका मुद्दा सम्बोधन गराइने हुँदा सुझाव सङ्कलन प्रक्रियामा प्रत्यक्ष, अप्रत्यक्षरुपमा दलित समुदायलाई बढि भन्दा बढी सहभागी गराइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
छलफलमा सभासद्हरु नरभान कामी, ज्ञानु गैरे, खड्गबहादुर बस्याल, अनिता परियार, अफिलाल उखेडा, टेकु नेपाली, सीता नेपाली लगायतले संविधानसभा अन्तर्गत गठित आफू सम्वद्ध विभिन्न समितिमार्फत दलित तथा दलित महिलाका विषयमा भएगरेका कामकारबाहीबारे जानकारी गराउनुभएको थियो ।
त्यस्तै दलित नागरिक समाजका तर्फबाट गजाधर सुनार, मोतीलाल नेपाली, भक्त विश्वकर्मा, चक्रमान विश्वकर्मा, गणेश वि.के ‘देउल्याल’ कमला हेमचुरी लगायतले नयाँ संविधानमा दलित तथा दलित महिलाका मुद्दालाई सम्बोधन गराउनका लागि सभासद्हरुले एकमत भएर आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमलाई सहजीकरण गर्दै दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले राजनीतिक दलको शीर्ष नेतृत्वले दलित तथा दलित महिलाको सवाललाई चासो र बहसको विषय नै नबनाएको भन्दै दुख व्यक्त गर्नुभएको छ ।
उहाँले आगामी दिनमा राजनीतिक दल र नेतृत्वललाई दलित तथा दलित महिलाका सवाललाई चासो, चिन्ता र बहसको मुद्दा बनाएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
अध्यक्ष सोबले संघले आगामी दिनमा दलित तथा दलित महिलाका मुद्दालाई नयाँ संविधानमा सम्बोधन गराउनका लागि संविधानसभाका अन्य विषयगत समिति, नागरिक समाज, राजनीतिक दल, शीर्ष नेतृत्व, सरोकारवाला निकाय लगायतसंग निरन्तर छलफल र बहस चलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
छलफलमा सभासदहरु, विभिन्न राजनीतिक दलआवद्ध दलित महिला नेतृ, नागरिक समाजका प्रतिनिधी, अधिवक्ता, सञ्चारकर्मी तथा दलित अधिकारकर्मी सहित ६० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: