खानेपानी र सरसफाईमा दलितको पहुँच न्यून

Interaction on WASH Advocacy Workshop in Kathmandu

Interaction on WASH Advocacy Workshop in Kathmandu

राजेन्द्र ताम्राकार
काठमाडौं÷ १२ असार । खानेपानी तथा सरसफाईमा दलित महिलाको पहुँच अत्यन्त न्यून रहेको सम्बन्धित सरोकारवाला निकायका अधिकारकर्मीहरुले बताएका छन् ।
दलित महिला संघद्वारा आज काठमाडौंमा आयोजित ‘खानेपानी तथा सरसफाईका लागि जनवकालत कार्यशाला गोष्ठीमा सहभागी वक्ताहरुले खानेपानी र सरसफाईको क्षेत्रमा दलित महिलाको पहुँच र सहभागिता नगन्य रहेको बताएका हुन् ।
दलित महिला संघले गत बैशाखमा गरेको ‘खानेपानी र सरसफाईमा दलित महिलाको पहुँच’ विषयमा गरेको अध्ययनमा पहाडी दलितको २३ प्रतिशत र तराइ दलितको ४ प्रतिशत मात्र खानेपानी र सरसफाईको क्षेत्रमा पहुँच पुगेको देखिएको छ ।
कार्यशाला गोष्ठीमा स्वास्थ्यका लागि पानी (नेवा) का प्रतिनिधी हिमालय पन्थीले विभेदको प्रमुख श्रोत खानेपानी नै भएकाले दलित महिलाको खानेपानी र सरसफाईमा पहुँच पुग्न नसकेको बताउनुभयो ।
पन्थीले अब बन्ने संविधानमा खानेपानी र सरसफाईको मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गराउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै हेल्भेटासका प्रतिनिधि योगेश पन्तले खानेपानी र सरसफाईमा दलित महिलाको पहुँच अभिवृद्धि गराउनका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने खाँचो औंल्याउनुभएको छ ।
कार्यशाला गोष्ठीमा राष्ट्रिय योजना आयोगका परामर्शदाता गुणराज श्रेष्ठले ‘खानेपानी तथा सरसफाइमा दलित महिलाको पहुँच अभिवृद्धिका लागि जनवकालत’ विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यशाला गोष्ठीलाई सहजीकरण गर्दै योजना अयोगका परामर्शदाता श्रेष्ठले सरकारले सन् २०१७ सम्ममा १०० प्रतिशत जनतालाई खानेपानी र सरसफाइमा पहूँच पु¥याउने लक्ष्य लिएको बताउँदै उक्त लक्ष्य प्राप्त गर्न सबभन्दा पहिले दलित समुदायको यस क्षेत्रमा पहुँच अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: