खनालद्वारा दलित महिलालाई केन्द्रमा ल्याउने प्रतिवद्धता

Secretary General of FEDO Ms. Kala Swornakar handed over the Memorandum to CPN-UML Chair Jhalanath Khanal to ensure the Dalit Women's meaningful representation in Party's 9th General Convention.

Secretary General of FEDO Ms. Kala Swornakar handed over the Memorandum to CPN-UML Chair Jhalanath Khanal to ensure  Dalit Women’s representation in 9th General Convention.

राजेन्द्र ताम्राकार
काठमाडौं÷१२, असार, नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले दलित महिलालाई पार्टीको नवौं महाधिवेशनमार्फत केन्द्रीय कार्यसमितिमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
दलित महिला संघद्वारा पार्टीको नवौँ महाधिवेशनमा कम्तिमा ५ जना दलित महिलालाई केन्द्रीय कार्यसमितिमा ल्याउन अनुरोध गर्दै बुझाएको ज्ञापनपत्र ग्रहन गर्दै खनालले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
विगत दुइदशकदेखि दलित महिलाको हकहित र अधिकार प्राप्तिको सवालमा निरन्तर सङ्घर्ष गर्दै आईरहेको संघले एमाले अध्यक्ष खनालसमक्ष ७ बुदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।
दलित महिला संघका प्रतिनिधिसंगको भेटमा अध्यक्ष झलनाथ खनालले दलित महिला संघले दलित महिलालाई राजनीतिमा ल्याउन गाउँगाउँमा जागरण अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले विगतमा पार्टी संरचनामा ८ प्रतिशत महिला सहभागिता रहेको र आफू नेतृत्वमा आएपछि कम्तिमा ३० प्रतिशत महिलालाई नेतृत्वमा पु¥याउने लक्ष्य राखेर काम गरेको बताउनुभयो । हाल पार्टीमा २० प्रतिशत महिला नेतृत्व तहमा ल्याउन सफल भएको खनालको दाबी छ ।
खनालले महाधिवेशनको संघारमा आएर दलित महिला संघले आगामी महाधिवेशनमार्फत दलित महिलालाई नेतृत्वमा ल्याउन गरेको प्रस्तावलाई आफूले गम्भीररुले लिएको बताउनुभयो । उहाँले पार्टीको नवौं महाधिवेशनबाट कम्तिमा २ जना दलित महिलालाई केन्द्रीय कार्यसमितिमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
भेटमा दलित महिला संघका कार्यकारी निर्देशक भिमबहादुर वि.के ले पार्टीको नवौं महाधिवेशनमा विधानत दलित महिलालाई समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गराउन अध्यक्षको ध्यानाकर्षण गराउनुभएको थियो ।
उक्त भेटमा दलित महिला संघकी महासचिव कला स्वर्णकारले अध्यक्ष खनालसमक्ष विभिन्न ७ बुँदे मागसहितको ज्ञापनपत्र बाचन गरेर सुनाउनुभएको थियो । भेटमा विभिन्न राजनीतिक दल निकट दलित महिला नेतृ तथा दलित नागरिक समाजका अगुवासहित १९ जनाको सहभागिता रहेको थियो ।

एमालेको नवौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै दलित महिला संघले एमाले अध्यक्ष झलनाथ खनालसमक्ष बुझाएका मुख्य मागहरु ः

अबको महाधिवेशनमा विधानत दलित महिलाका लागि छुट्टै प्रगतिशिल आरक्षणको व्यवस्था गरी केन्द्रीय कार्यसमितिमा कम्तिमा पनि ५ जना दलित महिलाको सिट सुनिश्चित गरियोस् ।

पार्टीको नवौं राष्ट्रिय महाधिवेशनमा पार्टीले बढीभन्दा बढी दलित महिलालाई केन्द्रीय सदस्यको उम्मेदवार घोषणा गरी उनीहरुलाई विजयी बनाउने अभियानमा विशेष नीति लिइ अगाडि बढियोस् ।

पार्टीको नवौं महाधिवशेनमा घोणषा गरिने उम्मेदवारी सूचीमा समग्र महिलाको ३३ प्रतिशतबाट दलित महिलाको समानुपातिक प्रतिनिधित्व र दलित उम्मेदवारको समानुपातिक कोटाबाट दलित महिलाको ५० प्रतिशत उम्मेदवारीको सुनिश्चितता गराइयोस् ।

पार्टीको महाधिवेशनमा दलित–दलितका बीचमा मात्र प्रतिस्पर्था हुने गरी दलित समुदायको लागि छुट्टै सिट आरक्षित गरियोस् र त्यसमा कम्तिमा ५० प्रतिशत उम्मेदवारी दलित महिलाको लागि सुनिश्चित गरियोस् ।

पार्टीको सबै संरचनामा सहभागिताको लागि सहभागिता मात्र नभई दलित महिलालाई निर्णायक तहमा अर्थपूर्ण सहभागिताको सुनिश्चितता गराइयोस् ।

पार्टीको नीति तथा कार्यक्रम दलित तथा महिला त्यसमा पनि विशेषगरी दलित महिलामुखी बनाइयोस् ।

पार्टीको सबै जनवर्गीय सङ्गठनमा दलित महिलाको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गराइयोस् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: