दलित आन्दोलनमा मिडिया आवश्यक

FEDO President Mrs. Durga Sob giving her speech in the Journalism Training

FEDO President Mrs. Durga Sob giving her speech in the Journalism Training

काठमाडौं, जेठ १९दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले अबको दलित आन्दोलनको अगुवाई सञ्चार माध्यमले गर्नुपर्ने बताउनुभएको छ । उहाँले राजनीतिक, सामाजिक आन्दोलनबाट दलित समुदायमा हुने विभेद र छुवाछूत कम हुन नसकेको बताउँदै अबको आन्दोलनमा मिडियाको भूमिका आवश्यक रहेकोमा जोड दिनुभयो ।
दलित महिला संघले काठमाडांैमा आयोजना गरेको तीनदिने पत्रकारिता तालिममा बोल्दै सोबले सञ्चारमाध्यमले स–साना विषयलाई पनि सडकदेखि सदनसम्म दबाब दिनसक्ने भन्दै सञ्चार माध्यमको भूमिकामा जोड दिनुभयो । उहाँले दलित र दलित महिलाको आन्दोलनमा अबको अगुवाई सञ्चार माध्यमबाट गर्नुपर्ने आवश्यकता भईसकेको भन्दै त्यसमा पनि दलित समुदायका पत्रकारको सहभागिता र स्थान बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले दलित महिला संघले दलित महिला र समुदायको आन्दोलनलाई सशक्त बनाउन सञ्चार माध्यमको प्रयोग र संख्यामा ध्यान दिँदै आएको बताउनुभयो । सोमबारदेखि सुरु भएको तीनदिने तालिममा दाङ, बाँके, कैलाली, कञ्चनपुर, पाल्पा, चितवन, इलाम, काठमाडौं लगायतका जिल्लामा  जिल्लाका दलित र गैरदलित गरी ४० जना पत्रकारहरुको सहभागिता रहेको छ ।
दलित महिलाका मुद्दा र विषयवस्तुलाई सञ्चारमाध्यममा सशक्तरुपमा उठान र प्रशारणमा सहयोग पु¥याउने उद्देश्यले पत्रकारहरुलाई तालिम सञ्चालन गरिएको हो । तालिममा लामो समयदेखि दलित मुद्दामा कलम चलाउँदै आएका सक्रिय पत्रकारहरुको सहभागिता छ ।
तालिम अवधिभर वरिष्ट पत्रकारहरु कृष्णमुरारी भण्डारी, शरदचन्द्र वस्तीले प्रशिक्षण दिइरहनुभएको छ । पहिलो दिन वरिष्ट पत्रकार भण्डारीले सहभागीलाई प्रशिक्षण दिनुभएको छ । तालिम अवधिभर सहभागीलाई दलित महिलाका मुद्दा र सवालमा छलफल, छनोट, समाचारलाई कसरी उठान गर्ने, समाचार लेखन, संकलन, श्रोतहरु छनोट, खोजमुलक पत्रकारितालाई कसरी रोचक, आकर्षक बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिईने दलित महिला संघका सञ्चार अधिकृत राजेन्द्र ताम्राकारले बताउनुभयो । दलित महिला संघले दुई दशकदेखि दलित महिला र समुदायका राजनीतिक, सामाजिक, आर्थिक, स्वास्थ्य र सरकारी निकायमा समान सहभागीताका विषयमा आवाज उठाउँदै आएको छ । यसका देशभरका ५६ जिल्लामा शाखा रहेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: