प्रत्यक्षभित्र पनि समानुपातिक प्रणाली हुनुपर्ने

राजेन्द्र ताम्राकार
काठमाडौं ५ जेठ । दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले दलित महिलालाई राज्यको नीति निर्माण तहमा समान पहुँच पु¥याउनका लागि राज्यले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ ।
सोबले राज्यमा दलित महिलाको सबै क्षेत्रमा अर्थपूर्ण सहभागिता पु¥याउनका लागि प्रत्यक्षभित्र पनि समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभएको छ ।
दलित महिला संघद्वारा आयोजित ‘राजनीतिक संरचना’ विषयक दुइदिने तालिमको उद्घाटन गर्दै अध्यक्ष सोबले राजनीतिक पार्टीमा दलितका मुद्दा स्थापित हुन नसकेको बताउनुभयो ।
उहाँले राजनीतिक दलमा दलित महिलाको सशक्त उपस्थितिका लागि सर्वप्रथम उनीहरुलाई शैक्षिक, आर्थिक र सशक्तिकरणको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
तालिमका सहभागीलाई स्वागत गर्दै दलित महिला संघकी महासचिव कला स्वर्णकारले विभिन्न राजनीतिक दलमा आवद्ध दलित महिलालाई सङ्गठित र सशक्तिकरण गराउँदै मुलधारको राजनीतिक दलमा उनीहरुलाई क्रियाशिल बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।
दुइदिन सम्म सञ्चालन हुने तालिममा आज राजनीतिक विश्लेषक श्रीकृष्णअनिरुद्ध गौतमले राज्यको राजनीतिक संरचना, राज्य सङ्गठनका प्रकार,  संघात्मक – बहुकेन्द्री – स्वशासित एकाइ, एकात्मक – एककेन्द्री – विकेन्द्रित एकाइ, संघीयताका विशेषता ः स्वशासन र साझा शासन, राज्य सञ्चालनका पद्दति, शासकीय स्वरुपका प्रकार, प्रतिनिधित्व प्रणाली, नेपालका आन्तरिक अवसर, आन्तरिक चुुनौती र मुलमन्त्र, संविधान, लोकतन्त्र लगायतका समसामयिक विषयमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।
यसैगरि मङ्गलबार अधिवक्ता सविन श्रेष्ठले स्थानीय निर्वाचन, सत्य निरुपण तथा वेपत्ता छानविन आयोग, यसको गठन, आधार र दलित महिलाको सम्बन्ध विषयमा सहभागीहरूलाई  जानकारी दिए  । तालिममा बाँके, कैलाली, कञ्चनपुर, काठमाडौं, भक्तपुर, काभ्रे जिल्लाका बिभिन्न पार्टीमा  आवद्ध ३० जना दलित महिलाको सहभागिता थियो । 

Leave a comment