अर्थपूर्ण सहभागिताका लागि दबाबको खाँचो

Participants of TOT on Political Inclusion and Political Integration

Participants of TOT on Political Inclusion and Political Integration

राजेन्द्र ताम्राकार

काठमाडौं १२ असार । आगामी संविधानसभामा दलित महिलाको अर्थपूर्ण सहभागिताका लागि पार्टीमा आवद्ध दलित महिलाहरुले आ–आफ्नो पार्टीमा सशक्त दबाब दिनुपर्ने खाँचो औंल्याउनुभएको छ । दलित महिला संघद्वारा आयोजित चारदिने तालिमको समापनका सहभागिले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।समावेशी राजनीति तथा सामाजिक अन्तरघुलन विषयक प्रशिक्षक प्रशिक्षण तालिम आज बुधबार नगरकोटमा सम्पन्न भएको हो ।

दलित महिला संघले आयोजना गरेको चारदिने सो प्रशिक्षण तालिममा कञ्चनपुर, कैलाली, बाँके, काभ्रेपलाञ्चोक र काठमाडौं जिल्लाबाट एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र राप्रपा नेपालमा आबद्ध २४ जना दलित महिलाले सहभागिता जनाउनुभएको थियो ।

राज्यका हरेक तहमा समावेशीकरणको आवाज उठेपनि दलित महिलाको अर्थपूर्ण समावेशीकरण हुन नसकेको अवस्थामा दलित महिला संघले राजनीतिमा दलित महिलाको पहुँच पु¥याउन विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । सोही अनुसार संघले पाँच जिल्लाबाट राजनीतिमा लागेका दलित महिलालाई प्रशिक्षक बनाउने र उनीहरुमार्फत जिल्ला तथा गाविसस्तरमा अन्य दलित महिलालाई राजनीतिक सशक्तिकरण, नेतृत्व विकास, समावेशी राजनीति तथा अन्तरघुलन लगायतका विभिन्न तालिम दिने उद्देश्यले उक्त तालिमको आयोजना गरेको हो ।

तालिम समापनको अवसरमा बोल्दै दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले दलित समुदायलाई समाजका सबै क्षेत्रमा सामाजिक अन्तरघुलन गराइनुपर्नेमा जोड दिनुभयो । यसका लागि दलितलाई त्यसमा पनि विशेषगरी दलित महिलाका लागि राज्यका हरेक निकायमा जातीय जनसङ्ख्याका आधारमा आरक्षणको छुट्टै प्याकेजको व्यवस्था गरिनुपर्ने धारणा उहाँले राख्नुभयो ।

अध्यक्ष सोबले अब दलित महिलाले राज्यका निकायमा आफ्नो स्थान आफै खोज्नुपर्ने अवस्था आएको भन्दै त्यसका लागि राज्यले उनीहरुलाई शैक्षिक, आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा विशेष लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

समापन कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाज बाँकेकी इन्चार्ज एकमाया वि.के ले प्रशिक्षणमा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने खाँचो औंल्याउनुभयो । प्रशिक्षणमा सहभागी आफूहरु विभिन्न राजनीतिक पार्टीबाट आएको र आफूहरु पनि कुनै न कुनै जिम्मेवारीका साथ पार्टीमा क्रियाशिल रहेकाले अबको संविधानसभा निर्वाचनमा दलित महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चितताका लागि आ–आफ्नो पार्टीमा दबाब दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

दलित महिला संघकी महासचिव कला स्वर्णकारले आफूहरुले राजनीतिमा लागेका दलित महिलालाई अझ सशक्त बनाउनका लागि विभिन्न किसिमका तालिमहरुको आयोजना गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा राज्यका हरेक निकायमा दलित महिलाको सशक्त तथा अर्थपूर्ण उपस्थिति सुनिश्चितताका लागि यि र यस्ताखालका प्रशिक्षणलाई निरन्तरता दिइने बताउनुभयो ।

तालिममा सहभागीहरुलाई संघकी केन्द्रीय अध्यक्ष दुर्गा सोबले प्रमाणपत्र वितरण गर्नुभएको थियो । भने चारदिनसम्म सञ्चालन भएको उक्त तालिमका सहभागीलाई दलित बुद्धिजीवी हिरा विश्वकर्माले प्रशिक्षण दिनुभएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: